सरकारी कार्यालय सोमबारदेखि मात्रै खुल्ने

खबर बुक
  • ख-
  • ख+

आज पनि सरकारले तिहार बिदा दिएको छ ।

लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको भएपनि यस वर्ष कुकुर तिहारको दिनदेखिनै सार्वजनिक बिदा दिएको थियो ।

यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो । अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठ पर्वको अवसरमा बिदा परेकाले सरकारी कार्यालय सोमबार मात्रै खुल्ने भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्