भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी

खबर बुक
  • ख-
  • ख+

नयाँ दिल्ली, २ कात्तिक ।  भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खर्गे विजयी भएका छन् ।

सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्प्रर्धा भएको थियो । पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो । कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए ।

खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसैबीच, निर्वाचनमा धाँधली भएको थरुरले आरोप लगाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्