लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै गठबन्धनलाई मिलाएर अघि बढ्नुपर्छ- प्रधानमन्त्री देउवा

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले कुनैपनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धनलाई मिलाएर लानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आइतबार वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं क्षेत्र नम्बर २ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा देउवाले लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै गठबन्धनलाई मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाले मिलेर चुनाव लड्ने संस्कृतिको विकास भएको र मिलेर देशको गरिबी हटाउने दावी गर्नुभयो । प्रतिगमनको खतरा अझै रहेकाले लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिन मिल्नुको बिकल्प नरहेको उहाको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्