तीज नारी सार्मथ्यलाई अभिब्यक्त गर्ने माध्यम: राष्ट्रपति भण्डारी

खबर बुक
  • ख-
  • ख+

राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसपर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास ब्यक्त गर्नुभएकाे छ ।

नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिनेमा जोड दिनुभएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्