संविधान संशोधन गर्नु आवश्यक छः संविधान सभा सदस्य कुईकेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १७ । संविधान सभा सदस्य दिपक प्रसाद कुईकेलले संविधान संशोधन गर्नु आवश्यक रहेको बताउनु भएको छ । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानिका क्रममा उहाँले सविधानको संशोधन गरेर जनताको भावना कदर गर्नु पर्ने वताउनु भयो ।

संविधान सभा सदस्य कुईकेलले सङ्घीय र प्रदेश सरकारका साँसदहरुको संख्या घटाउनु पर्ने बताउदै स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखी र छिटोछरितो सेवा दिनु पर्ने वताउनु भयो ।

उहाँले यही संविधानबाट काम गर्न सकिने र संविधानमा केहि सुधार गर्नुपर्ने बताउनु भयो । संविधानलाई चलायमान गर्न सञ्चालकहरुले नसकेको उहाँले बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्