आज दुई वटा संसदीय समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ माघ । आज दुई संसदीय समितिको बैठक बस्दै छ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्