काठमाडौं, १६ माघ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सरकारका मन्त्री उपस्थीत नभएपछि स्थगित भएको छ ।
सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो, तर मन्त्री उपस्थीत नभएपछि बैठक प्रभावित भएको हो ।
बैठकमा समिति सदस्यहरुले विधेयकमाथिको छलफलमा सम्बन्धीत मन्त्रीको उपस्थीति हुनुपर्ने बताएका थिए । मन्त्रीलाई उपस्थीत गराएर मात्रै बैठक चलाउनुपर्ने सुझाव सदस्यहरुले दिएपछि बिहीबार बस्नेगरि बैठक स्थगीत गरिएको हो ।
न्युज कारखाना











