काङ्ग्रेसको अभियान कपि राइट हाेइनः नेता केसी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ माघ ।  नेपाली काँग्रेसका नेता राजेन्द्र कुमार केसीले देखासिखिमा पार्टीले ‘समुदायमा काँग्रेस’ अभियान सुरु  नगरेको  बताउनु भएको छ ।

रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा नेता केसीले पार्टी प्रति जनताका  बुझाई , अपेक्षा र काँग्रेसले सुधार गर्नु पर्ने कुरा बुझ्न अभियान सुरु  गरेको बताउनु भएको हो । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहल कदमी लिने तथा महासमिति बैठकमा छलफल गर्ने उद्देश्य अभियानको रहेको बताउनु भएको छ।

उहाँले  अभियानमा आसन ग्रहण तथा मन्तव्यका कार्यक्रम नभई जनस्तरका गुनासा र सुझाव सङ्कलन गरिने बताउनु भएको छ  ।

राष्ट्रिय सभा चुनावका कारण निर्धारित समय सुरु नभएको अभियान माघ १६ देखि २४ गते सम्म चल्ने जानकारी दिनुभयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्