स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्नेमा प्रधानमन्त्रीकाे जोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्ति उत्पादन गरि स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार बालुवाटारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टर लगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभएको हो ।

उहाले मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकहरूलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशन दिनुभयो ।

समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमलाई अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न पनि निर्देशन दिनुभयो ।

आम नागरिक स्वस्थ नभइकन नेपालको विकास र समृद्धि सम्भव नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले सवैको पहुँच पुग्ने गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आजको आवश्यकता भएको जिकिर गर्नुभयो ।

उहाले सरकार नयाँ नीति तथा कार्यक्रमका साथै बजेटको तयारीमा रहेकाले स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट छुट्टाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्