निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ माघ । सत्ता साझेदार दल  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् । 

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् । निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताए । 

देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्