एमाले अध्यक्ष र चिनियाँ बिदेश उपमन्त्री बिच भेटबार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित बिकास निर्माणका बारेमा छलफल भएको छ ।

उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले बिदेश बिभाग प्रमुख राजन भट्टराइलगायतकाे उपस्थिति रहेकाे थियाे । 

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्