काठमाडौँ, ९ माघ । राजनीतिक विश्लेषक सुदर्शन सुदर्शन आचार्यले गठबन्धन सरकारले राजनीतिक स्थिरता दिएर जनताको समृद्धिको चाहनालाई पूरा गर्न नसकेको बताउनु भएको छ ।
उहाँले गठबन्धन सरकारले निवार्चनमा जानु भन्दा पहिले गरेका राजनीतिक स्थिरता, शुसान र समृद्धिका प्रतिबद्धता पुरा गर्न नसकेको बताउनुभयो ।
उहाँले सरकार राजनीतिक अस्थिरतामा चल्ने सिनारियो देखिएको बताउनुभयो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले सरकार फेरबदल पेरिफेरिमा राजनीति अगाडि बताउनु भयो ।
सरकार निर्माण भएको १ वर्ष पुग्दा पनि भर्खर निर्माण भएजस्तै योजना अगाडि बढाएको बताउनुभयो ।











