नेपाल बायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छः पर्यटनमन्त्री किराती

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाल बायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताउनुभएको छ ।

डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले निगम यहि व्यवस्थापनबाट नचल्ने भन्दै करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्ने गरि अध्ययन कार्यदल बनाईने बताउनुभएको हो । यहि आर्थिक बर्षमा पर्यटक गौरवको क्षेत्रहरु पहिचान गरि घोषणा गर्ने, पर्यटनका सुत्रहरु निर्माण गर्नका लागि संस्कृति नीति तयार गर्ने र पर्यटन ऐन संशोधन गरिने उहाले बताउनुभयो ।

मन्त्री किराँतीले बिमानस्थल सञ्चालन, व्यवस्थापन र निर्माणका लागि काठमाडौं लगाएत भैरहवा पोखराका साथै नयाँ बिमानस्थल निर्माण गर्ने कार्यका लागि पिपिपि मोडलमा जाने जिकिर गर्नुभयो । यसका लागि अध्ययन समिति छिटै बनाउने उहाको भनाइ छ । उहाले १० बर्षमा ३५ लाख पर्यटन भित्राउन केहि न केहि जोखिम लिनै पर्ने उल्लेख गर्नुभयो । यसअघि पर्यटनको योजना बनेपनि रोडम्याप नवनेकाले आफले बनाउन खोजेको उहाले बताउनुभयो । त्यस्तै मन्त्रि किराँतीले अहिलेको संविधान अनुसार सवै धर्म संस्कृति बराबर भएकाले सवैले सवैको अस्तीत्वलाई मान्नुपर्ने बताउनुभयो ।

उहाले माथिल्लो डोल्पामा पर्यटक भित्राउन आधारभूत सूचना र वासस्थानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा डोल्पो समाजका अध्यक्ष लगाएतका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । डोल्पो समाज निमा रिन्पोछेद्वारा सन १९९७ मा स्थापना गरिएको थियो । राजधानीमा बसोबास गर्ने डोेल्पा समूदायहरुका लागि बिभिन्न धार्मिक तथा सामाजिक कार्यहरु आयोजना गर्न गुम्वा र सामूदायिक हलहरुको आवश्यकता देखेर डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण गरिएको निमा रिन्पोछेले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्