काठमाडौं, ४ माघ । परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह गर्नुभएको छ ।
परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गर्नुभएको छ ।युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरी उक्त आग्रह गर्नु भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताउनु भएको थियो ।युक्रेनसँग भएको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि उहाँले आग्रह गर्नु भएको थियो ।











