संविधानलाई आम नागरिकले उपयाेग गर्ने अवस्था बनाउनु कांग्रेसकाे प्रमुख जिम्मेवारी: नेता सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ काे परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेकाे बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति माेरङले आयाेजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पाटि कार्यलय बिराटनगरमा बाेल्दै नेता सिंहले संविधानसभाबाट बनेकाे संविधान आम नागरिकले उपयाेग गर्ने अवस्था बनाउनु कांग्रेसकाे जिम्मेवारी भएकाे बताए ।

संघीय लाेकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसकाे नेतृत्वमा जारी भएकाे भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

उनले परिवर्तन विराेधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजाेर पार्न चाहिरहेकाे भन्दै पार्टी बलियाे बनाउनुपर्नेमा जाेड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।

सिंहले काेशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै काेशी प्रदेशकाे अवस्थाबारे जानकारी लिँदै जितकाे शुभकामना समेत दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्