काठमाडौं, १ माघ । नेकपा माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य महेन्द्र कुमार शाहीले मेलम्ची खानेपानीको दिगोपनाको लागि सरकारको जिम्मेवारी महत्त्वपूर्ण रहने बताउनु भएको छ ।
रेडियो कठमाण्डु को कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रम नेता शाहीले जनतालाई समान रूपमा खानेपानी वितरण र दिगोपनामा सरकार भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको हो ।
उहाँले परम्परागत आयोजना छनोट गर्ने र कार्यान्वयन गर्ने तरिकाले देश अगाडि बढ्न नसक्ने बताउनुभयो । दिगो विकासका लागि लागि देशकै गुरुयोजना बनाउनु पर्ने उहाँको भनाई छ ।
उहाँले परम्परागत रूपमा विकास समृद्धि र सुशासन कायम गर्न नसकिने बताउँदै यसको पुर्न विचार गर्नु पर्ने बताउनूभयो ।











