नेकपा एसले सरकारले बिभिन्न देशसंग गरेका सन्धी–सम्झौताको दस्तावेज माग गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ माघ । नेकपा एकीकृत समाजवादीले नेपाल सरकारले बिभिन्न देशसंग गरेका सन्धी–सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताकाबारेमा बिभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले बिभिन्न देशसंग गरेको सम्झौता सहमति लगाएतका दस्तावेज माग गरि अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सरकारमा रहेर गरेका कामकारवाहीको विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ भने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनका लागि सवैलाई एकजुट भएर लाग्न आह्वान गरिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पार्टीको महाधिवेशनका सन्दर्भमा तयार गरिने मस्यौदा राजनीतिक प्रतिवेदनका सन्दर्भमा छलफल गर्न माघ ८ गते राजनीतिक मस्यौदा समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्