शिक्षा,स्वास्थ्य र खाने पानी प्रमुख प्राथमिकतामा छनः मेयर रिसाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ पुस ।  गोर्कणेश्वर नगरपालिकाका नगरप्रमुख  दीपक कुमार रिसालले आफूले शिक्षा,स्वास्थ्य र खाने पानी लाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।

रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले जनताको शिक्षा,स्वास्थ्य र खाने पानीमा सहज पहुँचका लागि काम गरिरहेको बताउनुभयो । नगरप्रमुख रिसालले हालसम्म आफ्नो काम सन्तुष्टजनक रहेको बताउँदै केन्द्र र प्रदेश सरकार सँग सहर्काय गरेर विकास निर्माणका काम गरिरहेको बताउनुभयो ।

उहाँले आफू जनता सँगै बसेर जनताका समस्यालाई समाधान गर्न पाउँदा  खुसी  भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल सकिएसँगै  नगरपालिकाका  जनताको शिक्षा,स्वास्थ्य , खाने पानी र विकास निर्माणमा सहज पहुँच भएको र अनुहारमा खुसी देख्ने चाहना रहेको बताउनुभयो ।

उहाँले अहिले सङ्घीयताका विरुद्धमा विभिन्न टीकाटिप्पणी हुने भएकाले प्रदेश सरकारले काम गर्दा सङ्घीयताको मर्म झल्काउने गरी काम गर्नु पर्ने बताउनु भयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्