सरकार देखि जनता त्रसित छन्ः एमाले नेता गुप्ता 

खबर बुक
  • ख-
  • ख+

नेकपा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले वर्तमान सरकार देखि जनता त्रसित रहेको बताउनु भएको छ ।

उहाँले उद्योगहरू बन्द अवस्था रहेको र अर्थतन्त्रको अवस्था पनि नाजुक बन्दै गएको बताउनु भयो  । रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा  उहाँले वर्तमान सरकार पुर्णरुपमा असफल रहेको बताउनुभयो ।

 एमाले नेता गुप्ताले वर्तमान सरकारले सत्ता बचाउनु बाहेक कुनै पनि काम नगरेको बताउनु भएको छ ।

उहाँले गठबन्धन सरकारले देश र जनताको हितमा कुनै पनि काम नगरेको बताउनुभयो । उहाँले एमालेको सरकारमा भएका कामको बारेमा खुल्ला बहस गर्न तयार रहेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य समेत रहेका एमाले नेता गुप्ताले वर्तमान सरकार देश र जनताको लागि घातक भएको बताउँदै एमाले सरकारलाई नाङ्गे झार पार्न एमाले जनता माझ जाने बताउनुभयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्