माओवादी पदाधिकारी बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ पुस । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट हुने उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । 

आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले ६ सिट पाउनेछ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्