राष्ट्रिय सभा निर्वाचनमा एमाले एक्लै जान्छः नेता ढकाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ पुस ।  नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य प्रसाद ढकालले एमालेले राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने बताउनुभएको छ ।

उहाँले राजनीतिक र साँगठानिक हिसाबले एमाले प्रमुख र शक्तिशाली पार्टी भएकाले राष्ट्रिय सभा निर्वाचनमा खालि सबै सिटमा उम्मेदवारी दिने बताउनु भएको हो । रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा बोल्दै नेता ढकालले पार्टीलाई सहयोग गर्ने अन्य दललाई सँगै लगेर जाने नभए एक्लै भए पनि निर्वाचनमा जाने बताउनुभयो । 

उहाँले मुलुकलाई निकास दिन, यो व्यवस्थालाई असफल हुन नदिन र सामाजिक सद्भाव खलबलिन नदिनका लागि  एमाले सत्तामा रहेका दलहरू सँग छलफल गर्नुलाई स्वाभाविक ठान्नु पर्ने बताउनुभयो । उहाँले अहिले गठबन्धन सँग एमाले सत्ता सौँदाबाजि गर्ने पक्षमा नरहेको बताउनुभयो । 

 नेता ढकालले गठबन्धन सँग कुनै हिस्सा नमागेको दाबी गर्नुभयो । उहाँले एमालेले टिआरसि विधेयकसँग सिट साटेको भन्दै एमालेको  छविलाई कमजोर बनाउन  लागिएको बताउनुभयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्