१५ पुस, काठमाडौं ।बालकुमारी घटनालाइ लिएर सुर्खेतमा आन्दोलन शुरू भएकाे छ । अहिले वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम भएको छ ।
बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ ।
‘युवा विद्रोही’ समूहले आइबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ ।











