१५ पुस, काठमाडौं ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान निर्वाचनमा सहभागी हुन नपाउने भएकाछन्र ।
पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।
आयाेगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेकाे संसदीय चुनावमा उम्मेदवार बन्न खान अयाेग्य रहेकाे उल्लेख गर्दै उम्मेदवारी खारेज गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ ।











