कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदै

खबर बुक
  • ख-
  • ख+

१४ पुस, काठमाडौं ।बिहीबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार समापन हुँदैछ।

बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखेका छन्। बैठकमा ६ मन्त्रीले आफ्ना कामको विवरण पेश गरेका थिए।

प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने जनाइएकाे छ ।

राष्ट्रियसभा निर्वाचनका लागि योगदान र मूल्यांकनका अधारमा उम्मेदवार छनोट गर्नुपर्ने भन्ने सैद्धान्ति निर्णय बैठकले गर्नसक्ने सम्भावना भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्