सरकारद्धारा बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बन

खबर बुक
  • ख-
  • ख+

१४ पुष, काठमाडौं ।सरकारद्धारा बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बन गरिएकाे छ ।

घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन  गरिएकाे हाे ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्