बालकुमारी घटनाप्रति आफ्नो कुनै सम्बन्ध नरहेकाे भौतिक पूर्वाधार मन्त्री ज्वालाकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

१३ पुस, काठमाडौं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाप्रति आफ्नो कुनै सम्बन्ध नभएको प्रष्ट पार्नुभएकाे छ ।

उहाले मन्त्रालयतिर फर्किरहेको आफ्नो गाडी बिना कारण जलाइएको बताए ।

नेकपा एकीकृत समाजवादीको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ज्वालाले बालकुमारीमा भएको घटनाका सम्बन्धमा कुनै पूर्वजानकारी नरहेको र आफ्नो मन्त्रालयसंगको कुनै सरोकार समेत नरहेको जिकिर गर्नुभयो ।

मन्त्री ज्वालाले सरोकार क्षेत्र नै नभएको निकायको गाडी जलाउनु खेदजनक कुरा भएको बताउनुभयो ।

घटनाका सम्बन्धमा आफु धेरै जानकार नरहेको र व्यक्तिगत रुपमा पनि कुनै सरोकार र सम्बन्धी केहि नरहेको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्