बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

खबर बुक
  • ख-
  • ख+

१३ पुस, काठमाडौं ।  नेपाली कांग्रेसले कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी भएको घटनाको छानबिन गर्न माग गरेको छ ।

प्रचार विभाग पमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति निकाल्दै ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति ध्यानाकर्षण जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य(तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल गरेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्