हेटौँडामा मुख्यमन्त्रीको भेला सुरु

खबर बुक
  • ख-
  • ख+

१३ पुस, काठमाडौं ।अधिकार हस्तान्तरण गर्न संघ सरकारलाई दबाब दिनका लागि सातै प्रदेशका मुख्य मन्त्रीको भेला हेटौँडामा सुरु भएको छ ।

संघीयता लागू भएको ६ वर्ष पुग्दा समेत आवश्यक कानुन नबन्दा र कतिपय अधिकार संघ सरकारले हस्तान्तरण नगर्दा संघीयता कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको भन्दै संघ सरकारलाई दबाब बढाउन मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो । 

बैठकमा आवश्यक कानुन निर्माण तथा अधिकार प्रत्यायोजनका लागि संघ सरकारको भूमिकाबारे छलफल गरी प्रधानमन्त्रीलाई भेट्ने तयारी रहेको मुख्यमन्त्रीहरुले बताएका छन् । 

यसअघि हिजो गाउँपालिका महासंघ र नगरपालिका महासंघका प्रतिनिधि र मुख्यमन्त्री तथा सचिवहरूबिच छलफल भएको थियो । 

यो समय सीमा पुस १६ गते सकिँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्