बालकृष्ण खाँण पहिलोपटक सानेपा बैठकमा

खबर बुक
  • ख-
  • ख+

 १३ पुस, काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् । 

गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्