११ पुस, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले सरकारले एक वर्षको अवधिमा सोचे अनुरूप काम गर्न नसकेको बताउनुभएको छ ।
उहाँले सरकार प्रतिको असन्तुष्टि जनातामा मात्र नभई गठबन्धनकारी दलहरू भित्र पनि रहेको बताउनुभयो । रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा कुराकानी गर्दै केन्द्रीय सदस्य सङ्ग्रौलाले पुरानै ढडाले सरकार नचल्ने बताउँदै अव नयाँ ढँगलले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सार्वजनिक रूपमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातिले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो । उहाँले पर्यटन मन्त्री किरातिले पदमा बसिरहन नमिल्ने भन्दै राजिनाम दिनु पर्ने बताउनुभएको हो ।
सङ्ग्रौलाले कामका आधारमा प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरको सङ्केत गरिसकेकाले यस्ता मन्त्रिलाई हटाउनु पर्ने बताउनु भयो ।
उहाँले गठवन्धको सरकारलाई नै स्थिरता दिने भनेर नै पाटी सरकारमा गएको बताउँदै सरकार पाँच वर्ष सम्म टिक्ने दाबी गर्नु भयो ।











