त्रिभुवन विश्व विद्यालयको समग्र सिस्टममा सुधारको माग गर्दै प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ,पुस ११ ।  त्रिभुवन विश्व विद्यालयको समग्र सिस्टममा सुधारको माग गर्दै बुधवार प्रदर्शन भएको छ ।

स्ववियू त्रिभुवन विश्व विद्यालयको अगुवाइमा समग्र सिस्टम सुधा र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरूले परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र दिन ढिलाइ गर्ने काम भएको गुनासो गरेका थिए ।

यस्तै उनीहरूले परीक्षा नियन्त्रण कार्यालयको सुधारमा ध्यान नदिएको, कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिएको, शैक्षिक क्यालेन्डर फलो नगरेकोलगायतको आरोप लगाउँदै नाराबाजी समेत गरेका थिए ।

विद्यार्थीहरूले त्रिविमा कैयन बेथिति रहे पनि सुधारमा ध्यान नदिएको गुनासो गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्