लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई जना मन्त्रीको शपथ आज अपराह्न ३ बजे हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ८ पुस । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई जना मन्त्रीको शपथ आइतबार हुने भएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) लाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्री बनाएका थिए।

प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ अपराह्न ३ बजे हुने जानकारी दिएको छ।

शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ जना पुगेको छ।

मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय आफूसँगै राखेका छन्। उनले कांग्रेसभित्रको संस्थापनइतर समूहले मन्त्रीका नाम दिएमा उक्त मन्त्रालयमा मन्त्री बनाउने तयारी गरेको स्रोतको भनाइ छ।

चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए। उनले आठ महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्