सवै धर्मलाई समान रुपमा हेर्नुपर्नेमा आफुले जोड दिएको मन्त्री किराँतीको प्रष्टिकरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुक धर्मनिरपेक्ष राष्ट्र भएकाले सवै धर्मलाई समान रुपमा हेर्नुपर्नेमा आफुले जोड दिएको प्रष्टिकरण दिनुभएको छ ।

क्रिसमस फेस्टिभलमा दिएको अभिव्यक्ति विवादमा परेपछि संसदीय समितिमा मन्त्री किराँतीले मुलुक धर्मनिरपेक्ष राष्ट्र भएकाले संविधानको भावना अनुरुप सवै धर्मलाई समान रुपमा हेर्नुपर्नेमा मात्रै आफुले जोड दिएको बताउनुभएको हो । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री किरातीले धर्मनिरपेक्ष राष्ट्रमा कुनै धर्मलाई दवाउने काम देशद्रोही हो भनेर आफुले बोलेको जिकिर गर्नुभयो । उहाले निर्वाचन लडेर, जितेर आएकाले संविधान मानेर जानुपर्ने धारणा राख्नुभयो ।

त्यसअघि बैठकमा राप्रपा सांसद धवलशमशेर राणाले ख्रीष्टियनको आफुले विरोध नगरेको र जवरजस्ती धर्म परिवर्तनको मात्रै विरोध गरिएको बताउनुभयो । उहाले ख्रीष्टियन विरोध गर्नु संविधानको विरोध हो भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको र देशमा द्वन्द निम्ताउन खोजिएको तर्क गर्दै माफी माग्न र राजीनामा दिन सुझाव दिनुभएको थियो ।

यसअघि बुधबार क्रिसमस फेस्टिभलमा क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएपछिसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको विवादमा पर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्