राजस्व कार्यालय शनिबार पनि खुल्ने, शनिबारसम्म यस्तो रकम बुझाए,ब्याज र जरिवाना नलाग्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० मंशिर । ठूला करदाता कार्यालयले मर्जर, प्राप्ति र एफपिओको लाभबाट हुने लाभकर अन्तर्गत एकैदिन ११ अर्ब तीन करोड रुपैयाँ राजस्व प्राप्ति गरेको छ।

कार्यालय प्रमुख जनक शर्माका अनुसार शुक्रबारमात्रै ३० वित्तीय संस्थाले ११ अर्ब तीन करोड कर बुझाएका हुन्। मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ। यस कारण कम्पनीहरूलाई शनिबारसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने बाध्यता छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्