काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा नै सम्भावनाको खोजि गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौमा ज्ञानबजारको शुभारम्भ कार्यक्रममा नेता सिंहले नेपालमा सम्भावना नै छैन भन्नुभन्दा पनि सम्भावना र अवसरको खोजि गर्नुपर्ने बताउनुभएको हो ।
उहाले नकारात्मक कुराहरुलाई भन्दा पनि सकारात्मक कुराहरुलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता सिंहले देशलाई योगदान दिने कामहरुको प्रचार भन्दा पनि नकारात्मक कुराको प्रचार हुँदा निराशा छाएको धारणा राख्नुभयो । देशमा केहि गर्न सकिदैन भन्ने भाष्यलाई इच्छा र कामबाट गलत सावित गर्नुपर्ने जिकिर गर्नुभयो । युवाहरुले गर्ने रचनात्मक कामहरुलाई सवै मिलेर हौसला दिनुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै रास्वपाका सांसद स्वर्णीम वाग्लेले बौद्धिक चोरी अपराध भएपनि नेपालमा यसलाई बुझ्न नसकेको बताउनुभयो । हात हातमा ज्ञानको भण्डार भएपनि यसको सहि प्रयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो । वाग्लेले त्रिभुवन विश्वविद्यालयले थेसिस पेपर कवाडीमा बेच्नेकाम उचित नभएको बताउनुभयो ।
त्यस्तै उहाले थेसिस तयार गर्दा किनवेच हुने काममाथि निर्मम हुनुपर्ने उल्लेख गर्नुभयो ।











