तीन दिनमा २ हजार भन्दा बढीले घटयो सुनको मुल्य 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ मंसिर । अघिल्लो हप्ता आकासिएको सुनको मुल्य लगातार घटिरहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्बजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।

महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।  सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो  । 

सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्