कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

महासमिति बैठकको तयारी तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्