काठमाडौँ, २१ मङ्सिर । थप एक नेपाली रुसी सेनामा भर्ती भएका युक्रेनमा बन्दी बनेका छन् ।
काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका थिए ।ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो ।योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको सङ्ख्या २ पुगेको छ ।













