अनधिकृत रूपमा सञ्चालित, फार्मेसीलाई मंसिर २९ सम्म नियम भित्र आउन बालेनको चेतावनी

खबर बुक
  • ख-
  • ख+

मापदण्डविपरीत अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले चेतावनी दिएका छन्। 

सामाजिक सञ्जालमा लेखेर साहले अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसीलाई मापदण्डमा आउन मंसिर २९ गतेसम्मको समय दिएका छन्। 

मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका लेखेका छन्र ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्