रुपन्देही, २३ असोज । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।
उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।