माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ मंशिर । माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन । 

धादिङ त्रिपुरा सुन्दरी गापा–१ घर भई हाल जिल्ला काठमाण्डौ, बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन ।

प्रहरीका अनुसार कुलमान कुमालसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छुप्रतव्यक्ति ९ लाख माग गरेकी थिइन । उक्त रकम दिएमा माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर उनले रकम लिएर फरार रहे पछि हाल पक्राउ गरिएको उनले जनाइन् ।

‘पीडितहरुबाट पटकपटक गरी जम्मा ६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको र आज बिहान पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उसका अनुसार बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्