स्विट्जरल्यान्डले दिने ६५ कराेड रुपैयाँ अनुदान स्वीकृत गर्ने सरकारकाे निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर ।  सरकारले स्विट्जरल्यान्ड सरकारले दिने झन्डै करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका चार जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिनुभएको राजीनामालाई कात्तिक २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्