कांग्रेसको सहकारी बिभाग प्रमुखमा कडेँल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कडेँललाई दिएको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्।

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कडेँल कांग्रेस केन्द्रिय सदस्य हुन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्