सत्ता गठबन्धनमा सिट बाँडफाँडको सहमति, लोसपासँग आज थप छलफल हुने

खबर बुक
  • ख-
  • ख+

असोज २२, काठमाण्डौ  । सिट बाडँडफाँडको बारेमा छलफल गर्न थालेको २ महिनापछि सरकारमा रहेका राजनीतिक दलहरूले सहमति गरेका छन् ।

जसपा बाहिरिएपछि भित्रिएको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई काँग्रेसको भागबाट सीट दिने गरी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेश सभाको सिटको विषयमा गएराति सहमति जुटाएको हो ।

नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ९८ स्थानमा भने काँग्रेस र लोपसाबीच आज भागबन्डा हुने जनाइएको छ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थान माग गरे पनि प्रतिनिधिसभामा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक देखिएको लोसपाका एक नेताले जानकारी दिए ।

यद्यपी यस बारेमा आज छलफल गरेर टुङ्ग्याउने सहमति भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्