निलम्बनमा परे कांग्रेस बारा सभापति यादव

खबर बुक
  • ख-
  • ख+

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ ।

यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको थियो ।

गत फागुन २१ मा समपन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा यादवविरुद्ध उजुरी परेको थियो ।

बिहीबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि निलम्बन गरेको पार्टीका सचिव दिनेश थापामगरले जानकारी दिए ।

विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम उनलाई कारबाही गरिएको जनाइएको छ ।

उनलाई वैशाख ३० गते पाँच दिने स्पष्टीकरण पनि सोधिएको थियो । उनले उक्त स्पष्टीकरण नबुझाएपछि पुन: जेठ १२ गते पार्टीले अर्को स्पष्टीकरण सोधेको थियो ।

पटक समेत कुनै जवाफ नदिएपछि उक्त विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएकोले निलम्बन गरिएको सचिव मगरले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्