मनोनयन दर्ताका क्रममा उम्मेदवारहरुले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  : आइतबार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारहरुले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख गरिएको छ । स्वघोषणा पत्रमा विभिन्न १८ विषयवस्तु समावेश छन् ।

उम्मेदवारले मनोनयन पत्रका साथमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता जनाउनुपर्नेछ । आयोगले उम्मेदवारहरुलाई नै आफू ‘पच्चिस वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुँ’ भनी घोषणा गर्न लगाएको छ । मतदाता नामावलीमा उम्मेदवारको नाम समावेश भएको हुनुपर्नेछ ।

आयोगले उम्मेदवार हुने व्यक्ति कुनै संघीय कानूनले अयोग्य नभएको सुनिश्चितता खोजेको छ । तीनवटै तहको सरकार र उनीहरुको स्वामित्व वा नियन्त्रणमा रहेका निकायबाट पारिश्रमिक पाउने गरी पदमा बहाल नभएको सुनिश्चित हुनु पर्ने भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्