भलले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

असोज २१, नुवाकोट। नुवाकोटको ककनीको सिमटारमा भलले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

एकजना बेपत्ता भएका छन् । ककनी गाउँपालिका २ सिमटारबाट बडादसैँंको टिका थाप्न परिवारसहित आफन्तकोमा जादै गर्दा हिजो मोटरसाइकल भलबाढीमा पल्टिएको थियो ।

शिवराम घिमिरेले चलाउनुभएको बा ८० प ७९७० नं. को मोटरसाइकल स्थानीय सिमटारबाट बेरुवातर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिदा उहाँका ४ वर्षका छोरा श्रेयान घिमिरे र ८ वर्षका छोरी बेबिसा घिमिरे भलबाढीमा बेपत्ता भएका थिए ।

बेपत्तामध्ये छोरीको शव फेला परेको र छोराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार मोटरसाइकल चालक शिवराम भने सकुशल रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्