विश्वव्यापी आर्थिक मन्दीको खतरा बढ्दै गएकोमा आईएमएफ चिन्तित

खबर बुक
  • ख-
  • ख+

असोज २१, काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी आर्थिक मन्दीको खतरा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जीवाले यूक्रेनमाथि रूसको आक्रमण र कोरोना महामारीका कारण उत्पन्न भएको परिस्थितिले विश्व अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाएको बताउनुभयो ।

जर्जीवाले विश्व अर्थतन्त्रलाई स्थिर बनाउनका लागि सबैले मिलेर काम सुरु गर्नुपर्ने भन्दै महँगी जस्ता समस्यालाई कम गर्नमा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्