दसैँमा घर जाने यात्रुलाई सास्ती, सरकारको ध्यान पुगेन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ असोज । दसैँमा काठमाडौँबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढिरहेको छ ।

ट्राफिक प्रहरीका अनुसार घटस्थापना यता मात्रै झण्डै ५ लाख यात्रु काठमाडौँबाट बाहिरिएका छन् । चाडबाड मनाउने उल्लास बोकेर घर जान चाहनेलाई टिकट पाउन सजिलो छैन ।

त्यसमाथि टिकटको मुल्य पनि मनमौजी हुँदा नागरिकको दिक्दारी बढेको छ । हप्ता दिन अघिसम्म दसैँमा घर जानका लागि टिकटको खोजीमा रहेकाहरूले टिकट पाउन सकेका छैनन् ।

टिकट पाइहाले पनि बसेर जाने सिट छैन । लामो दुरीको यात्रा गर्नेहरूले सरकारले तोकेको भन्दा बढी शुलक तिरेर पनि टिकट लिनुपरेको बाध्यता छ ।

यस्ता समस्याका कारण यात्रुहरू दिक्दार बनेका छन् । सरकार र यातायात व्यावसायीले टिकट पाउन समस्या नहुने दाबी गरेपनि यात्रुले भने त्यसको अनुभुति गर्न पाएका छैनन् ।

सरकारले काठमाडौँबाट धरानका लागि एक हजार पाँच सय ४५ रुपयाँ भाडा तोकेको छ । तर, व्यवसायीले यात्रुसँग आफूखुसी भाडा असुलिरहेका छन् ।

गोङ्गबु बसपार्कमा भेटिएका धेरैजसो यात्रु कि त टिकट नपाएको वा भाडा धेरै तिर्नुपरेको गुनासो गर्छन् । यात्रुका यस्तै गुनासो सुन्न, बसपार्कभित्रै सहायता कक्ष खोलिएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन ।

दसैँका बेला गाउँ जान नागरिकले बर्सेनि यस्तै सास्ती खेप्नुपर्छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले भने सर्वसाधारण आफै सचेत हुनुपर्ने बताउनुभयो ।

सरकारले अनलाईनबाट पनि टिकट बुकिङ गर्न सकिने बताएपनि यसबारे धेरैलाई जानकारी नहुँदा टिकट पाउन झनै समस्या भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्