युक्रेनका क्षेत्र रूसमा सहभागि गराउने रूसको निर्णय पछि अमेरिकाले थप्यो प्रतिबन्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ असोज । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका थप चार क्षेत्रलाई रूसमा सामेल गराउने निर्णयमा हस्ताक्षर गरेसँगै अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाईडेनले रूसको यो कदमको निन्दा गर्दै युक्रेनलाई अतिरिक्त सुरक्षा सहयोग गर्ने पनि बताउनुभयो ।

हाल युक्रेनमा रहेका दोनेत्स्क, लुहान्स्क, खेरसन र जोपोरिजीया क्षेत्रहरू रूसमा गाभ्ने निर्णय भएपछि संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकले विरोध गरेका छन् ।

अबको केहि दिनपछि युक्रेनका यी क्षेत्र औपचारिक रुपमा रूसमा सहभागि हुने प्रक्रिया सुरु हुने रूसी राष्ट्रपति पुटिनले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्